२०८२ असार २१ गतेका दिन ३१ औं प्रमाणपत्र वितरण कार्यक्रममा लगभग १५० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो । एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि शहीद स्मारक कलेजका मिलनमान महर्जन सर तथा NCCS कलेजका गणेश मैनाली सरले अभिमुखीकरण दिनुभयो । कीर्तिपुर स्वयंसेवक समाजका तर्फबाट रुपेन्द्र महर्जनले करियर काउन्सिलिङ सञ्चालन गर्नुभयो । NCCS कलेजको सहयोग र कीर्तिपुर स्वयंसेवक समाजसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कीर्तिपुर स्वयंसेवक समाजका श्रीकुमार महर्जन सरले पनि आफ्नो मन्तव्य राख्नुभयो ।  साथै कार्यक्रममा स्मार्ट इन्फोटेकका विद्यार्थीहरूले गीत, कविता, गलज तथा नृत्य प्रस्तुत गर्नुभयो ।कार्यक्रम स्मार्ट इन्फोटेकका पुष्पा शाही मिसले सञ्चालन गर्नुभएको थियो भने स्मार्ट इन्फोटेकको विगत, वर्तमान र भविष्यका बारेमा विनिता योगी मिसले प्रस्तुति राख्नुभयो ।

तस्वीरहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: सावधान