स्मार्ट इन्फोटेकमा कम्प्युटर सम्बन्धी विभिन्न कोर्षको समाप्ति पश्चात् विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गर्नुभयो । २०८१ फागुन १७ गतेका दिन ३० औं प्रमाणपत्र वितरण कार्यक्रममा लगभग ८० जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो । आधारभूत कम्प्युटर तालिम लिने विद्यार्थीहरूका लागि कम्प्युटर फन्डामेन्टल सम्बन्धी Orientation पनि सम्पन्न भयो ।
कार्यक्रम स्मार्ट इन्फोटेकका वसन्त सरले सञ्चालन गर्नुभएको थियो भने रागेश्वरी म्यामले स्मार्टको विगत र वर्तामान तथा भविष्यको बारेमा प्रस्तुति दिनुभयो । रागिनी म्यामले स्मार्टसँग सम्पर्कमा रहने माध्यमका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थी साथीहरूले कविता, मुक्तक लगायतका प्रस्तुति पनि दिनुभएको थियो ।
