बागमती प्रदेश सहायक पाँचौं तह तथा संघीय नासुको कम्प्युटर सीप परीक्षण कक्षा लिइराख्नु भएका स्मार्ट साथीहरूका लागि कम्प्युटर सीप परीक्षणमा के के कुरालाई ध्यान दिने र अन्तर्वार्ताको तयारी कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम २०८१ पुष १३ गते सम्पन्न भयो । कार्यक्रममा लगभग १३० जना विद्यार्थीहरूको सहभागिता थियो । कम्प्युटर सीप परीक्षण कक्षाको विषषयमा स्मार्ट इन्फोटेकका वसन्त सरले कुरा राख्नुभयो भने अन्तर्वार्ताको अभिमुखीकरण शाखा अधिकृत कमल भुसाल सरले दिनुभयो । नमूना अन्तर्वार्ता कमल सर र स्मार्ट इन्फोटेकका नीरज सरले लिनुभयो ।