(२०७० मंसिर १० गते स्मार्ट इन्फोटेकद्वारा आयोजित निबन्ध प्रतियोगितामा तेस्रो हुन सफल निबन्ध)

शर्मिला ओली (कक्षा ९)

 


आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । आजको यो युगमा वैज्ञानिकहरूले दिन प्रतिदिन नयाँ नयाँ खोज तथा आविष्कारहरू गरेर मानव जीवनलाई अझ ठिक ढङ्गले जीउन सकिने बनाइदिएका छन् । मानव जीवनलाई सहज गरि जीउनलाई मद्दत गर्ने वैज्ञानिक आविष्कारहरू मध्ये कम्प्युटर अर्थात सुशांख्य पनि एक हो ।
कम्प्युटर भनेको कुनै पनि इनपुट डिभाइसबाट लिइएका विभिन्न खालका डाटाहरूलाई वैज्ञानिक ढङ्ले प्रशोधन गरि चाहेको नतिजा दिने विद्युतीय उपकरण अर्थात् यन्त्र हो । सरल भाषामा भन्नुपर्दा, कम्प्युटरलाई जोड, घटाउ जस्ता गणितीय हिसाब गर्ने, आफूले चाहेको तथ्यांक निकाल्ने र कुनै पनि जटिल समस्याको समाधान गर्न सक्ने विद्युतीय उपकरणका रुपमा बुझ्न सकिन्छ । आजको यो युगमा नभइ नहुने यन्त्र कम्प्युटरको विकास कहिले, कहाँ र कसले गरेका हुन् भन्नेबारे खास जानकारी नभए पनि महान् वैज्ञानिक चार्ल्स बाबेजलाई भने कम्प्युटरका पिता भनेर चिनिन्छ । कम्प्युटरले आजको मानवलाई आफ्नो हरेक काम सरल ढङ्गले जतिसक्दो छिटो गर्न सिकाएको छ आजको युगमा कम्प्युटरलाई वैज्ञानिकहरूले मानवका लागि बनाइदिएको अमूल्य उपहार भन्दा पनि फरक पर्दैन । कम्प्युटरले विद्यार्थीदेखि लिएर शिक्षक, कर्मचारी, हाकिम र ठूला–ठूला पदमा भएका मानिसहरूलाई समेत राम्रोसँग गर्न सके र यसबाट आफूले चाहेका ज्ञान पाएमा यो हाम्रा लागि अति नै लाभदायी बन्न सक्छ । तर, यदि हामीले जानीजानी अर्थात् नजानेरै भएपनि कम्प्युटरको दुरुपयोग गर्‍यो भने यसले हाम्रो जीवनमा नकारात्मक भूमिका खेल्न सक्छ । कम्प्यूटरको सकारात्मक पक्ष भनेको यसले हाम्रो जुनसुकै काम पनि सहज र सरल तरिकाले गर्न मद्दत पु¥याउँछ । यसले जटिल भन्दा पनि जटिल प्रश्नहरूको पनि जवाफ निकालिदिन्छ । यो संसारमा उत्पादित जुनसुकै वस्तुका पनि दुईवटा पाटा हुन्छन् । ती हुन्ः सकारात्मक र नकारात्मक पाटा । कम्प्युटरका पनि सकारात्मक सँगसँगै नकारात्मक पाटाहरू पनि रहेका हुन्छन् । ती नकारात्मक पाटाहरू मानिस आफैंले उब्जाएको हुन्छ । यदि हामीले कम्प्युटरलाई क्षमता भन्दा लामो समयसम्म चलायौँ भने यसमा नकारात्मक असर पर्न सक्छ । त्यस्तै, यदि हामीले लामो समयसम्म कम्प्युटरमा काम गरिराख्यौँ भने हाम्रो आँखा कमजोर हुन सक्छन् । किनभने लामो समयसम्म एउटै यन्त्रसँग काम गरिरहँदा हाम्रो आँखाको देख्न सक्ने क्षमता कम हुन जान्छ । त्यस्तै, आजभोली किशोरावस्थामा रहेका कयौँ केटाकेटीहरूले कम्प्युटरमा अश्लील भिडियोहरू राखेर हेर्न गरेको पाईन्छ । हामीले कम्प्युटरसँग काम गरिरहेको बेला स्क्रीनको धेरै नजिक बस्नु पनि हुँदैन । आफूले सकेसम्म र आँखाको कमजोरीलाई बचाउनका निम्ति भएपनि हामीहरूले कम्प्युटर चलाउने बेलामा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यी कुराहरूलाई कम्प्युटरका नकारात्मक पाटा भनेर नामाकरण गर्न सकिँदैन । किनभने, यी नकारात्मक पाटाहरू त मानिसले कम्प्युटरको दुरुपयोग गरेर मात्रै उब्जिएका हुन् । कम्प्युटरको सदुपयोग गरियो भने कम्प्युटरका नकारात्मक पाटाहरू पनि कम हुने थिए कि । त्यसैले, यसलाई कम्प्युटरको दोष हो, भन्नु भन्दा पहिले हामीले आफ्नो दोष देख्नुपर्छ र , ती नकारात्मक पाटाहरू कम्प्युटरद्वारा उब्जाइएका नभई हामीजस्ता मानिसहरूले गर्दा नै उब्जिएका हुन् भन्ने कुरा राम्रोसँग बुझ्नुपर्ने हुन्छ । किनभने, कम्प्युटरको ठीक ढङ्गले उपयोग गरियो भने कम्प्युटरको भन्दा हाम्रो जीवनमा परिवर्तन आउन सक्छ । कम्प्युटरले मानव जीवनमा नकारात्मक भन्दा पनि सकारात्मक भूमिका खेलेको पाईन्छ । मानव जीवनमा कम्प्युटरका सकारात्मक भूमिका बारेमा बखान गर्न पनि गाह्रै पर्ला । कम्प्युटरको बारेमा र कम्प्युटरको महत्त्व बारेमा जान्यौँ भने सायद हाम्रो जीवन पनि सहज ढङ्ले जीउन सकिने बन्ला कि । मानव जीवनमा कम्प्युटरको नकारात्मक भन्दा पनि सकारात्मक प्रभाव बढी पर्न सक्छ । यदि नकारात्मक प्रभाव परेको रहेछ भनेपनि त्यो कतै न कतै हाम्रो गल्ती लुकेको हुन्छ । त्यस्तै हामीहरूले कुनै जानकारी बिना कम्प्युटरका भित्री भागहरूलाई निकाल्ने कोसिस पनि गर्नुहुँदैन । किनभने कुनै पनि जानकारी बिना कम्प्युटरका भित्री भागहरू निकालियो भने कम्प्युटर बिग्रिन सक्छ र त्यसका भागहरू निकालियो भने कम्प्युटर बिग्रिन सक्छ र त्यसका भित्री भागहरू पनि काम नलाग्ने हुन सक्छन् । त्यसैले, कम्प्युटरको बारेमा राम्रोसँग जानेर र बुझेर मात्रै हामीहरूले आफ्नो काम कम्प्युटरको सहायताले गर्नुपर्छ । कम्प्युटरका सकारात्मक र नकारात्मक प्रभावहरू र मानिसले कम्प्युटरको उपयोग अर्थात प्रयोग गर्ने ढंग एकअर्कासँग सम्बन्धित रहेका छन् । किनभने, यदि हामीले कम्प्युटरको प्रयोग ठीक ढंगले गर्‍यौं भने हामीमा सकारात्मक प्रभाव पर्न सक्छ । तर, यदि हामीले कम्प्युटरको प्रयोग ठीक ढंगले गरेनौँ भने हामीमा कम्प्युटरका नकारात्मक प्रभावहरू पर्न सक्छन् । वास्तवमा भन्नुपर्दा कम्प्युटरले एकदमै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अन्त्यमा भन्नुपर्दा, आजको यो वैज्ञानिक युगमा मानवका लागि नभइनहुने यन्त्र भनेको कम्प्युटर हो । हाम्रो जीवनमा कम्प्युटरको आवश्यकता पर्दछ । गणीतीय हिसाब गर्नलाई होस् या जुनसुकै जटिल प्रश्नहरूको जवाफ खोज्नलाई होस्, कम्प्युटर हाम्रा लागि नभइनहुने उपकरण हो । वस्तुतः मानव जीवनमा कम्प्युटरका नकारात्मक भन्दा सकारात्मक प्रभाव नै धेरै देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You cannot copy content of this page